Logo

डल्लाका डल्ला साबुन खर्च भयो, ट्यांकीका ट्यांकी पानी सकियो तर प्रचण्डलाई सुधार्न सकिएन : ओली



Spread the love

१५ पुस, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको ध्यान सत्ता कब्जा गर्नेमा मात्रै केन्द्रीत रहेको आरोप लगाएका छन् ।

कार्की बैंक्वेटमा भएको नेकपाको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धेरै प्रयास गर्दा पनि प्रचण्डको षड्यन्त्रकारी प्रवृत्तिमा कुनै परिवर्तन आउन नसकेको बताएका हुन् ।

‘मैले मित्रताको अंगालोे हाल्न खोज्ने तर उहाँ धृतराष्ट्र बन्न खोज्ने । वामपन्थीसँग मिलेर चुनाव लड्ने तर सरकार दक्षणिपन्थीसँग बनाउन खोज्ने। लाज लाग्नु पर्ने होइन ?’ ओलीले भने ।

‘षड्यन्त्रकारी प्रवृत्ति छोड्नुस् भनेर मैले उहाँलाई सम्झाएँ । राजनीति धोका मात्र होइन इमान्दारिताका साथ जनताका सेवा गर्नू हो भनेँ,’ उनले भने, ‘तीन वर्षमा डल्लाका डल्ला साबुन खर्च भयो। ट्यांकीका ट्यांकी पानी खर्च भयो। साबुन लगायो पखाल्यो उहाँ जस्ताको त्यस्तै।’

प्रतिक्रिया दिनुहोस्