Logo

मृत्यु भएकी पत्नीको सम्झनामा मदनकृष्ण श्रेष्ठको भावुक पत्र



Spread the love

१४ पुस, काठमाडाैँ । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले मृतक पत्नीको सम्झनामा फेसबुकमा पत्र लेखेका छन् । उनले श्रीमतीको जन्म दिनको सम्झना गर्दै उक्त पत्र लेखेका हुन् ।

आज पौष १४ गते.. मेरी श्रीमती बाँचीरहकी भए आज हामी उन्को जन्मोत्सब मनाईरहेका हुन्थ्यौँ ।
संगै हुँदा हाम्रो जीवन खोला वारी र खोला पारीको बर र पिपल जस्तो हैन कि एउटै चौतारीमा उभिएर रमाई रहेका बर पिपल जस्तै थियौं ।
दरिलो, भरिलो, रसिलो, हँसिलो र जीवन्त थियो जिन्दगी ।
मेरो त्यो चौतारीको लहलहाउँदो पिपलको रुख ढलेको नि अब त दुई बर्ष नौ महिना भैसकेछ ।
एक दिन पोखराबाट सुप्रसिध्द गीतकार
श्री प्रकट पगेनी शिबजीको फोन आयो र भन्नुभो, “मदनकृष्णजी मैले तपाईँलाई नै सम्झेर एउटा गीत लेखेर मेसेन्जरमार्फत पठाई दिएकोछु एक पटक हेर्नुस न है “
गीत पढेँ एकदमै मन पर्यो। छोरी सराना श्रेष्ठलाई पढेर सुनाउँदा उन्ले एकदमै मनपराईन । यमनले त झन तुरुन्त संगीतै भरीदियो ।
हुन त मेरो स्वरले पनि अब त मसंग सोसियल डिस्टाय्न्स मेन्टेन गर्न थालीसकेको छ ।तैपनि पोखरा निबनसी श्री प्रकट पगेनी शिबजीको शब्द, छोरा यमन श्रेष्ठको संगीतमा एउटा यो गीत गाएर महसंचारको यु्ट्यूबमा राखेकोछु ।
मेरा लागि माया र आशिर्बादका महासागर समान दर्शक श्रोताहरुले मेरो नयाँ गीत लाई हेरेर सुनेर मनमनै गुनेर कमेन्ट पनि गरीदिनुहोला ताकि मलाई अझ केहि गर्न जोश र जागर जागोस ।
यो नयाँ गीतको सुन्दर शब्द हुन :-
” बर ढले पिपल एक्लै, पिपल ढले बर
जो ढले नि चौतारीको छाती चररर”

मदनकृष्ण श्रेष्ठको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्