Logo

काठमाडौंमा बृहत साया साहित्यिक कार्यक्रम तेस्रो सस्करण सम्पन्न । 



Spread the love

काठमाडौँ, माघ ६ – सल्लेरी खबर । ‘नव प्रतिभा प्रोत्साहन स्रष्टा सम्मान, साहित्यिक विकास सायाको योगदान ’ नारा लिएर साया समूहले काठमाडौँको खुल्ला मञ्चमा बृहत् साया साहित्यिक कार्यक्रमको तेस्रो संस्करण सम्पन्न गरेको छ ।

नेपथ्यमा रहेका युवा सर्जकहरूको बुलन्द प्रस्तुति गराउने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

उक्त कार्यक्रमका ब्यबस्थापक  स्लो पोइजन र पिडा कृश्न सापकोटा रहनुभएको थियो भने कार्यक्रमको सभापति के.के. आर्यन हुनुहुन्थ्यो ।

कार्यक्रममा विशेष आकर्षकका रूपमा साहित्यकारहरू प्रोलास सिन्धुलिय, बिपिन सलामी, उत्तम लिम्बु ,सविन लम्साल, निरज दाहाल, छवि अनित्य र हेमन्त खड्का हुनुहुन्थ्यो भने साङ्गीतिक प्रस्तुति तिलक बस्नेत, ध्रुव बिस्को र सरु गौतमले दिनुभएको थियो ।

लगभग पाँच सय जना साया प्रेमी दर्सकहरु माझ प्रस्तुत उक्त कार्यक्रममा करिब डेढ सय जना नयाँ प्रतिभाहरूले आफ्नो साहित्यिक प्रस्तुति दिएका थिए ।

विभिन्न सहयोगीहरुको सहयोगमा निरन्तर फरक फरक कार्यक्रम गर्दै अगाडी बढिरहेको साया समूह साहित्यिक सपना र सहयोगी भावना लिएर हातमा हात मिलाउदै निरन्तर गन्तव्यमा लम्किरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्