Logo

पाथीभरा मन्दिर क्षेत्रका सामुदायिक वनमा आगलागी, मन्दिर क्षेत्र नै जोखिममा



Spread the love

१२ पुस, ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रका सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । फुङलिङ नगरपालिकास्थित फावाखोलामा पर्ने सिम्बु सामुदायिक वनमा तीन दिनदेखि आगलागी भइरहेको छ ।

आगो नियन्त्रणका लागि आज बिहान सदरमुकामबाट नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली सोही क्षेत्रमा गएको प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिए । यस्तै पाथीभरा क्षेत्रका स्थानीयवासीसमेत आगो नियन्त्रणका लागि आगलागी क्षेत्रमा गएका बताइएको छ ।

उक्त क्षेत्रमा लागेको आगो बिस्तारै मन्दिरको क्षेत्रतर्फ अगाडी बढ्दै गएको छ । आगो नियन्त्रणमा लिन समस्या भइरहेका बेला आगो मन्दिर तर्फ नै गइरहेका कारण मन्दिर क्षेत्र नै जोखिममा पर्न सक्ने त्यहाँका स्थानीयहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्