Logo

युरोपमा नयाँ प्रकृतिको कोरोना भाइरस फैलियो, विज्ञहरू चिन्तित



Spread the love

६ पुस, एजेन्सी । युरोपेली मुलुकहरूमा नयाँ प्रकृतिको कोरोना भाइरसका केसहरू फेला पर्न थालेका छन् । पछिल्लो समय इटालीमा पनि नयाँ प्रकृतिको कोरोना भाइरस फेला परेको त्यहाँको मन्त्रालयले जानकारी दिएको छ ।

इटालीमा भेटिएको कोरोना भाइरसको नयाँ प्रकृति बेलायतमा भेटिएको नयाँ प्रकृतिको कोरोना भाइरस जस्तै भएको बताइएको छ ।

बेलायतमा कोरोना भाइरसको नयाँ प्रकृति देखिएसँगै धेरै देशहरूले बेलायतका फ्लाइटहरूमा प्रतिबन्ध लगाएको छ । पछिल्लो समय कुवेतले पनि बेलायतका फ्लाइटमा प्रतिबन्ध लगाएको छ ।

बेलयातका स्वास्थ्य प्रवक्ताले नयाँ कोरोना भाइरस नियन्त्रण बाहिर गइसकेको बिबिसीलाई बताएका छन् ।

विश्वभर अहिलेसम्म ७ करोड ७१ लाखभन्दा बढी कोरोना संक्रमित हुँदा लगभग १७ लाखको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्