Logo

डिएगो म्याराडोनाको शव तत्कालै नगाड्न आदेश



Spread the love

६ पुस, एजेन्सी । गत महिना मृत्यु भएका अर्जेन्टिनी फुबलर डिएगो म्याराडोनाको शव नगाडिने भएको छ । अर्जेन्टिनाका चर्चित फुटबलर म्याराडोनाको शव तत्कालै नगाड्न अर्जेन्टिनाको एक अदालतले आदेश दिएको हो ।

अदालतले म्याराडोनाको शव अनुसन्धानका लागि आवश्यक पर्नसक्ने भन्दै उनको शव अहिले नै नगाड्न आदेश दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनको सम्पत्तिमा धेरैले हक दाबी गरिरहेका बेला उनको वास्तविक सम्बन्ध पत्ता लगाउनका लागि डिएनए परीक्षण गर्न उनको शव आवश्यक हुन सक्ने बिबिसीमा उल्लेख गरिएको छ ।

अर्टेन्टिनाका लिजेन्ड फुटबलर रम्याराडोनाको गत महिना ६० वर्षका कारण हर्ट अट्याकका कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्