Logo

रातारात गाडी बुझाउँदै मन्त्रालय छाेड्दै मन्त्रीहरू



Spread the love

५ पुस, काठमाडाैँ । सामुहिक रूपमा राजीनामा दिएका मन्त्रीहरूले सरकारी गाडी सम्बन्धित मन्त्रालयमा बुझाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका मन्त्रीहरूले आज नै सम्बन्धित मन्त्रालयमा बुझाएका हुन् ।

आइतबार सामुहिक राजीनामा दिएका मन्त्रीहरूमध्ये उर्जा मन्त्री वर्षमान पुनले मन्त्री क्वाटर छोडेका छन् । उनले केही समयअघि मन्त्रालयको क्वाटर छोड्दै आफ्नो डेरा बालुवाटार सरेका छन् ।

पुनसँगै अरू मन्त्रीहरू पनि धमाधम मन्त्रालयमा गाडी बुझाउँदै आफ्नो डेरातर्फ जान थालेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्