Logo

पदोन्नती भएको खुशियालीमा कर्नेलले गरे साथीकी श्रीमतीको बलात्कार



Spread the love

एजेन्सी । भारतमा बलात्कारको एउटा कहालीलाग्दो घटना सार्वजनिक भएको छ । भारतीय सैनिकमा कार्यरत एक अधिकारीले साथीको श्रीमतीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।

बलात्कार आरोपित भर्खरै कर्नेलमा पदोन्नती भएका हुन् । सोही खुशियाली मनाउने क्रममा उनको साथीकी पत्नीको बलात्कार भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

पदोन्नती भएपछि ती सैनिक अधिकारले साथी र उनकी श्रीमतिलाई पनि बोलाएर पार्टी गरेका थिए । भारतीय सञ्चार माध्यमहरूका अनुसार साथीलाई बेहोस हुने औषधि खुवाएर उनकी श्रीमतीलाई ती अधिकारीले बलात्कार गरेका हुन् ।

कर्नेलले साथीलाई दिएको खानेकुरामा नशालु पदार्थ मिसिएको खुलेको छ । बलात्कार प्रतिकार गर्न खोज्दा ती कर्नेलले महिलामाथि हातपात समेत गरेका छन् । बलात्कार आरोपी कर्नेल स्थानीय प्रहरीको नियन्त्रणमा रहेको भारतीय मडियाहरूले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्