Logo

फेक स्माईल……



Spread the love

“विश्वास आफै मात्र बलियो छैन । त्यसलाई हामीले बलियो बनाउनु पर्छ । प्रेम आफैमा आधा छ, ता की प्रेम गर्नेहरुले पुरा गरुन् ।मुस्कान आफैमा बिजोर हुन्छ । तर तिम्रो एक मुस्कानले उसलाई जोर बनाउछ ।”अझै पनि तिम्रो यस्तै मिठा मिठा कुराहरुले मेरो स्माईल ल्याउछ । चाहे फेक नै किन नहोस् ।

सपना भन्दा रत्ति पनि फरक छैनन् तसँग बिताएका पलहरु । माफ गर है । म तलाई त नै भनेर सम्बोधन गर्दैछु । मन त थिएन तलाई यत्ति नजिक बनाउन तर के गर्नु? त नजिक नै बनेर आएको थिस् मेरो जीवनमा ।तलाई पहिलो पटक देख्दा नै बर्षौ पुरानो साथी पाएँ झै लागेको थियो । थाहा थिएन त मेरो पुरानो साथी थिईस कि बन्दै थिस् । तर यो त पक्का थियो । त मेरै साथी थिईस् पहिलै देखी ।

यो मेरो कथा । म र मेरो आत्मिय साथीको कथा । जुन निक्कै छोटो समय रह्यो तर निकै यादगार !! सोसल मिडिया । साथी बनाउने र छुटाउने सजिलो अड्डा । मन तोड्न र जोड्न गतिलो माध्यम सामाजिक सन्जाल । त्यहि सामाजिक संजालको हजारौं साथीहरुको लिस्टमा उसको नाम पनि थपिएको थियो । केही दिन देखी । झगडाबाट नै अपरिचित मान्छेसँगको बोलचाल । माफी माग्दै साथी भएका थियो हामी । तपाई र तिमी हुँदै तँ सम्म आउन १५ दिन पनि लागेको थिएन हामीलाई । याद छ अझै । अनगिन्ती कुराहरु जुंठे हामीबीच । कुनै अर्थपुर्ण हुन्थे त कुनै बेकाम । कहिले त मारी झगडा पर्थ्यो । तसँग कहिल्यै बोल्दिन जा भन्दै ब्लक पनि गरिन्थ्यो । त मेरो लागि मरिस् भन्दै झगडा पनि हुन्थ्यो । तर दुई दिन देखी तिन दिन सम्म टिक्न सक्दैन थियो हाम्रो झगडा। धेरै पछि भेट्ने प्लान बनाएका हुन्थ्यौ । त्यहि भएर भन्थे “फेरी मलाई भेटेर बढी सेन्टी हुने होईन नि”! “सेन्टी शब्द मेरो शब्दकोषमा छैन । भए नि म एक्लै हुन्छु। अरुलाई देखाउदिन ।” यस्तै भन्थी ऊ ।

उसका अनेक अर्थ दिने शब्दहरु मेरो लागि अमृत झै हुन्थ्यो । कि न कि हामीमा एउटा अनौठो नाता थियो । जुन हामी आफैले बनाएका थियौ । आमाबुबा जन्मको नाता जुन हामी आफै छान्न सक्दैनौ । श्रीमान् श्रीमती बिवाह पछिको नाता जुन माथीबाटै भगवानले नै बनाएको हुन्छ रे ! एक मात्र यस्तो नाता साथीको हुन्छ जुन हामी आफैले छानेका हुन्छौँ । हामी आफैले बनाएका  हुन्छौँ । त्याहि भएर पनि ऊ सँग मेरो मनको नाता थियो । हाम्रो सम्बन्धमा स्वतन्त्रता थियो ।  जे भने पनि पच्थ्यो हाम्रो नातामा । एक अर्कामा आदार थिएन । कुनै साईनोको बन्धन थिएन । फ्रिडम थियो । कुनै लिमिटेसन् थिएन । न कुनै कम्प्रमाइजेसन् ।सायद त्यहि भएर साईनो बिनाको हाम्रो सम्बन्ध दुनियाँलाई मन्जुर थिएन । अझै पनि केटा र केटी बिचको सम्बन्ध साथी मात्र कहाँ मान्न तयार छ र हाम्रो समाज ?

एकाएक अतित बग्दै थियो मेरो आँखाबाट । धेरै पछि उनलाई सम्झीएर भक्कानीएको थिएँ म । फेसबुक उसकै नाममा बली चढाएको थिएँ । लगभग पाँच बर्ष भैसकेको थियो । यतिका बर्ष पछि फेरी छिरेको थिएँ सोसल मिडियामा । थाम्न सकिन आफ्नो मनलाई । ओई ……. भन्दै आएको म्यासेजको प्रतिक्षा हुन्थ्यो मलाई । यस्तो भन्ने कोही थिएन अरु । प्रत्येक पल्ट बज्ने म्यासेजका घण्टीहरुले त्यसको याद दिलाउथ्यो ।च्याट लिस्टमा उनको नाम सर्च गर्थे कतै देखिदैन थिई । हुन त थाहा थियो उनि कहिले आउन सक्दिन तै पनि आश लाग्थ्यो । बालुवाको घर जत्तिको आश । तपाई सोच्दै हुनुहुन्छ होला मेरो मिल्ने साथी । मेरो बेस्ट फ्रेन्ड आखिर काहाँ गयो ?के भयो ?

ऊसँग…

मेरो बसमा हुन्थ्यो भने म तलाई जान दिन्न थिएँ । तर उ त भगवानको पाहुना रहेछ । मैले कसरी रोक्न सक्थेँ र ?यदि अरु कसैले हाम्रो मित्रतामा आँखा लगाएको भए म त्यसको आँखा झिक्दीनथेँ होला । तर भगवानलाई म के गर्ने सक्छु र ?केही गर्ने सकिन । संसारमा एउटा चिज राम्रो हुन्छ रे त्यो चिज देखेरै सासमा सास आउछ । मेरो लाईफमा फुल बनेर मेरै अगाडि थिईस् तँ तर टिप्न नपाई छिट्टै ओईलिस् । र्दुभाग्य मेरो भन्नु पर्छ । मैले तलाई बचाउन सकिन । सदाको निम्ती आफुसँगै राख्न सकिन । मलाई माफ गर् । साथी तेरो लागि मैले केहि गर्न सकिन । तसँगै बिताएका एक एक मिठा पलहरुले आज मेरो मानसपटलमा नमिठा छापहरु छोड्दै छन् । तेरो आवाजको फ्यान थिएँ म । त सँग बोलेका रेर्कडहरुले अझै साथ दिईरहेको छ । तैले भन्ने गरेका वाणीहरुले अझै घोची रहेको छ मलाई । यति सम्झी।  तेरो आवाजले गलत बाटोमा जान दिएको छैन मलाई ।

तसँग मनमनै कुरा गर्छु । तैले सुन्छस् जस्तो लाग्छ । सपना पुरा नभए नि बारबार सपनीमा देख्न मन लाग्छ । त हुदा पिडा पनि मिठो लाग्थ्यो। आज सब नमिठा छन् । तिता छन् । तेरो अभावमा भत्ताभुङ्ग छन् । भुकम्पले लडाएको घर जस्तै । ओई सुन् न ! कल गर्यौ ? साईलेन्ट कल !! तँ त सुन्छस् नि है ?? भक्कानिन्छु म ! चाहदा चाहदै पनि आशु रोक्न सक्दिन । एक धर्सो सास निकिन्छ “स्वर्गको अप्सरा त कल्पना मात्र हो ।यर्थात त तँ होस् यार, मेरी प्यारी साथी ।”

मैले भनेकै थिएँ तेरो मेरो काहानी बिछोडमा गएर कहिले न टुङ्गीयोस । त पनि प्रार्थाना गर भगवानसंग भनेर । तर तैले मेरो कुरालाई यति सिरिएसली लिईस् कि सिधै भगवान भएकै ठाँउमा पुगिस । तँ मलाई यत्ति माया गर्थिस् ? थाहा थिएन यार !

“आजकल निन्द्रा मात्र नै प्यारो लाग्न थालेको छ । एउटा लामो निद निदाउन पाएँ हुन्थ्यो जस्तो लाग्छ ।” अनौठा हुन्थे ती सम्बाद अघि बढाउने तरिकाहरु ! तलाई मृत्युनै समस्याको समाधान जस्तो लाग्थ्यो । त्यहि भएर तेरो फेसबुक स्टाटस पनि निकै अनौठा हुन्थे । जस्तो कि“ यदि फेरी बाच्न मिल्ने भए मृत्युको पनि अनुभव लिन मन छ ।” आखिर म मर्दा रुने साथी पाईसकेँ । तैले त मलाई, त मर्दा रुने मान्छे बनाएको रहेछस् । एक किसिमले त पनि स्वार्थी होस् नि है ? तलाई लाग्यो, कसैले पनि माया गर्दैन । तलाई के थाहा तेरो एक मुस्कानमा मरीमेट्ने मान्छेहरु थिए, यहाँ । तेरो लागि भनेरै दिनरात मिहिनेत गरी तँ सँगको सपना देख्ने मान्छे थिए यहाँ । तँ त सबको आँखाको नानी थिईस् यार । कसैको जिन्दगानी थिईस् । तर त मानसिक रुपमा यति थाकेको थिस् कि तैले के सहि के गलत केहि छुट्याउन सकिनस् । तेरो लागि कुनै जिवन अर्थपुर्ण थिएन । आफ्नो लाईफलाई युजलेस ठानिस् । जिवनलाई भिजेको लुगा सम्झीस् र झुन्ड्याइदिस निर्जिव डोरीमा । (लामो सन्नाटा)

 

त्यहि पनि तबाट जिन्दगीको धेरै पाठहरु सिकेको छु मैले । मैले बाटो बिराउदा एउटै तँ थिईस् । जस्ले मलाई सहि बाटोमा ल्याउन हेल्प गरिस् । त्यहि भएर पनि म तेरो निक्कै ईज्जत गर्छु । गर्थे र गर्नेछु । तर तैले अचानक लिएको त्यो अन्तिम निर्णयले ती सब कुरालाई स्तम्भ बनाएको थियो । तलाई माया गर्नेहरु खुलेर सामुनने आउन थालेका थिए । तैले खोजेको माया त्यो बेला एकाएक आशुको रुपमा उर्लिएर आउदै थियो । तर निक्कै ढिलो भै सकेको थियो सबको लागि । पाउनु पर्ने समयमा तैले माया पाईनस् । तलाई गुमाए पछि सबले माया देखाए । के अर्थ त्यो मायाको ? तँ भन्थिस् नि मलाई गुमाए पछि मेरो महत्व थाहा हुन्छ । तर के अर्थ थियो र अब ? एउटा बाटो त तैले रोज्नु नै थियो । तर यस्तो बाटो रोज्लास । मलाई लागेको थिएन । तलाई मैले पनि सम्झाउन सकिन सायद । हाम्रो भेट नै निक्कै ढिलो भएको हुनुपर्छ । तेरो त्यस्तो घटना पश्चात एकाएक सामाजिक सन्जालमा छाएको थिईस् तँ । तर के गर्नु, त नै थिईनस् । या भनौ सायद त फेमस भएको थिईस् थोरै समयको लागि । तैले बाचुन्जेल केही भनिनस् । बस् मुस्कुराई रहिस् । तेरो हसिलो अनुहारमा मरिमेट्नेहरुमा म पनि थिएँ । बाहिरी रुपमा हेर्दा तलाई केहि भएको छैन जस्तो लाग्थ्यो । सामान्य भन्दा केहि फरक छ जस्तो लागेन । हुन पनि अनुहारको मुस्कान त केवल धोकाको एक झलक हुँदो रहेछ । त्यो मुस्कानको भित्री रहस्य नबुझ्नाले आज तलाई कसैले बचाउन सकेन । तेरो त्यै फेक स्माईलले सबलाई धोकामा राखिरह्यो । र त  तैले यस्तो निर्दयी कदम उठाउनु पर्यो ।

के अब चाहि तैले पाईस् त आफ्नो संसार ? भन न ! तेरो त्यो संसार कस्तो छ ? त्यहाँ सबले माया गर्छन् तलाई ?अब यो संसारमा म तलाई कसरी न्याय दिलाउन सक्छु ? तेरो वरीपरी बरामद गरेका सरसामानहरुले र तेरो निर्दयी पोष्टमाटमले । तैले आत्महत्या नै गरेको सावित गरिसकेको थियो । सजाए दिऊ त कस्लाई ? तेरो फेक स्माईललाई जसले सबलाई धोकामा राखीरह्यो ? या हामी जस्तो साथीलाई ?जस्लाई तैले आफ्नो पिडा बुझ्न सक्छन्भन्ने नि ठानिनस् । कि तेरो परिवारलाई ? जस्लाई तैले बुझिनस् । भन, म कसलाई तेरो मृत्युको सजाए दिऊ ?

 

अन्तिम बिदाईको पल…

त्यो पल ! साच्चै अडिएको थियो । सायद समय रोकिएको हुनुपर्छ । दिमाग शुन्य थियो । वरीपरी चकमन्न शन्त्रास छाएको थियो । पशुपतिमा तेरो लागि काचो बाँसको डोली सजिदै थियो । तेरो अन्तिम बिदाईमा सबको आँखा रसाएको थियो । तँ त मेरो कोही छैन भन्थिस् । तर त्यहाँ तेरो लागि आशु बगाउने धेरै थिए । म तलाई भन्दै थिएँ ।  हेर् तलाई माया गर्ने कत्ति धेरै छन् । अब त उठ् । अब तलाई कसैले छोडेर जाने छैन। तैले जितिस् उठ् । तर त पहिले देखी नै घमन्डी थिस् । के उठ्तिस? उठिनस । हामी सबै नाजुक अवस्थामा थियौँ । समयले पर्खि रहेको थिएन । रितिरिवाजहरुले आफ्नो काम सकिसकेका थिए ।  तेरो शरिरलाई चित्तामा राख्न । केही छिनमा त्यो पनि पुरा भयो । आफुले यत्ति धेरै माया गरेको साथीलाई यस्तो अवस्थामा देखौँला । सोचेको  पनि थिईन । जत्ति मन दह्रो बनाए पनि त्यो बेला सकिन सम्हाल्न । भक्कानीए म पनि । तर, कुनैबेला मेरो अन्तिम पलहरुमा पनि मुस्कुराउदै बिदा गर् है । तैले भनेको सम्झी रहेको थिएँ । अनि आशु पुछ्दै तेरै जस्तो स्माईल दिएँ । फेक स्माईल ! खुशी भईस् होला तँ ।

संसारको सबै सुन्दर चिज हेर्न र छुन सकिदैन । त्यसलाई मनले अनुभव मात्र गर्ने सकिन्छ ! सायद त्यो पनि यस्तै हुँदो हो र त !!     स्टील मिस् यू, भेरी ब्याड्ली । मिस् यू अलट् …….!!! शहरको कुनाबाट……

 

प्रतिक्रिया दिनुहोस्