Logo

अधिकांश मानिसहरू १०० वर्षसम्म बाच्ने एउटा देश



Spread the love

१ पुस, एजेन्सी । इटालीका अधिकांश मानिसहरू १ सय वर्ष बाच्ने विश्व स्वास्थ्य संगठनको रिपोर्टले देखाएको छ । विश्व स्वास्थ्य संगठनको एक रिपोर्ट अनुसार इटाली यस्तो देश हो जहाँ जनसख्याका अधिकांश मानिस एक सय वर्ष भन्दा धेरै जिवित रहेका छन् ।

तर, विश्वका धेरै देशका मानिसहरूको उमेर ६५ वर्ष तोकिएको छ ।

इटालीमा १०० वर्षभन्दा बढी बाच्ने मानिसहरूको नाम समेटेर सुपर सेन्चुरी नामक डाटाबेस तयार गरिएको छ । उक्त डाटाबेसमा ११० वर्षका २४ जना र ११६ वर्ष पुगेका एक जना व्यक्तिको नाम पनि समेटिएको छ ।

उनी सन् १८९९ मा इटालीको उत्तरी पिडमोन्टमा जन्मिएका थिए ।

इटालीमा खानपानले आयुलाई फरक पार्ने बताइएको छ । फल, तरकारी, माछा, अन्नमा पाइने प्रोटिनको सेवनले आयु बढाउछ । अर्को कारण सामाजिक परिवेश । परिवार र आसपासको समाज राम्रो हुनेले पनि आयु बढ्ने सम्भावना हुन्छ

प्रतिक्रिया दिनुहोस्