Logo

‘प्रधानमन्त्री नाङ्गै सडकमा हिँडिरहनु भएको छ’



Spread the love

२९ मंसिर, कैलाली । नेपाली कांग्रेसका सार्सद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली सडकमा नाङ्गै हिँडिराखेको आरोप लगाएका छन्।

कैलालीमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गरेको प्रदर्शनमा बोल्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओली सडकमा नाङ्गै हिँडिराखेको आरोप लगाएका हुन् ।

उनले भनेका छन्, ‘प्रधानमन्त्री नाङ्गै सडकमा हिँडिरहनु भएको छ। हामीले भन्दा लागेन। अहिले प्रचण्ड र माधव नेपालले भनिरहनुभएको छ।’

थापाले प्रधानमन्त्री ओलीसँगै प्रचण्ड र माधव नेपाल पनि नाङ्गै हिँडिराखेको तर्क राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्