Logo

प्रकाश सुवेदीलाई स्वस्तिमाको जवाफ- ‘बरु बुढा बोकेर हिँडिन्छ, तिम्रोमा अन्तर्वार्ता दिन आइन्नँ’



Spread the love

२६ मंसिर, काठमाडाै । नायिका स्वस्तिमा खड्काले टिभी कार्यक्रम रजतपटका प्रस्तोता सुवेदीलाई कटाक्ष प्रहार गरेकी छिन् । उनले बिहीबार साँझ आधिकारिक फेसबुकबाट प्रकाश सुवेदीप्रति कटाक्ष प्रहार गरेकी हुन् ।

पछिल्लो समय रजतपट कार्यक्रमबाट धेरै कलाकारहरू विवादमा तानिएका छन् । साउनको अन्तिम सातातीर त प्रकाश सुबेदी स्वयं नै नायिकाप्रति अपमानजनक अभिव्यक्ति दिएपछि विवादमा परेका थिए । यद्यपी उनले केही दिनपछि उक्त अभिव्यक्तिबारे माफी मागे ।

यस पटक रजतपटमा प्रकाश सुवेदीले नेपाली कलाकारहरु कामविहिन भएको कुरा उठाउँदै स्वस्तिमा खड्कालाई इंगित गर्दै अभिव्यक्ति दिए थिए । ‘कुनै समय थियो हाम्रा कलाकारहरुलाई भ्याईनभ्याई हुन्थ्यो, अलि चलेका कलाकारलाई लिएर फिल्म बनाउन खोज्दा पनि एक वर्षपछि गएर सोच्नुपर्ने स्थिती थियो, त्यति व्यस्त थिए कलाकार । डेट दिनै गाह्रो । अहिले त कामधाम छैन, बुढो बोक्यो, हिँड्यो । ’ उनले भनेका छन् ।

यो भनाइपछि स्वस्तिमा खड्काले निश्चल बस्नेतलाई बोकेको भिडियो क्लिप पनि राखिएको छ ।

प्रकाश सुबेदीको यो भनाइप्रति स्वस्तिमाले कटाक्ष गर्दै फेसबुकमा लेखेकी छिन्, ‘‘बरु बुढा बोकेर हिँडिन्छ तर जति फोन गरेपनि तिम्रोमा अन्तर्वार्ता दिन आइन्नँ । रजतपत। फोन नउठाएर सारै रिसाउनु भाको रैछ । सरी ल !!!’

उनको यो फेसबुक पोष्ट निश्चल बस्नेतले पनि पोष्ट गरेका छन् । उनले लेखेका छन्, ‘बरु बुढा बोकेर हिँडिन्छ तर जति फोन गरेपनि तिम्रोमा अन्तर्वार्ता दिन आइन्न ल, भन्छे मेरी बुढी त !’

प्रतिक्रिया दिनुहोस्