Logo

कोरोना संक्रमणबाट पूर्व सांसद तथा पूर्व राजदूतको मृत्यु



Spread the love

२५ मंसिर, काठमाडाैँ । कोरोना संक्रमणबाट पूर्व सांसद तथा पूर्वराजदूत कमानसिंह लामाको निधन भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा लामाको बिहान दुई बजे निधन भएको हो ।

काभ्रेका दिग्गज कम्युनिष्ट नेता लामा विसं २०४८ मा काभ्रेपलाञ्चोक जिल्लाबाट सांसद बनेका थिए भने २०६४ सालमा संविधानसभा सदस्यसमेत रहेका थिए ।

लामा दक्षिण कोरियाका लागि राजदूतसमेत भएका थिए

प्रतिक्रिया दिनुहोस्