Logo

९ कक्षामा पढ्ने बालिकालाई १३ दिनसम्म लगातार ८ जनाले गरे बलात्कार



Spread the love

२३ मंसिर, एजेन्सी । भारतमा बलात्कारको अर्को भयानक घटना सार्वजनिक भएको छ । भारतको छत्तिसगढको बलरामपुर जिल्लामा कलात्कारको घटनाले भारतीय मिडियामा ठूलो चर्चा भएको हो ।

बलरामपुरमा ९ कक्षामा पढ्ने किशोरीमाथि ८ जनाले सामुहिक बलात्कार गरेका छन् । लगातार १३ दिनसम्म ती युवकहरूले बालिकामाथि बलात्कार गरेको प्रहरीले बताएको छ ।

साथिको घरमा गएकी ती बालिकाको एक किशोरसँग भेट भएको थियो । सोही युवकले ती बालिकामाथि बलात्कार गरे ।

आफूले बलात्कार गरेपछि उनलाई जबरजस्ती आफ्नो साथीहरुकोमा पुर्‍याए पिडित युवतीले प्रहरीसमक्ष बयान दिएकी छन् । त्यसपछि अरू ७ जनाले लगातार १३ दिनसम्म बलात्कार गरिरहे ।

हराएकी बालिकाका परिवारले प्रहरीमा उजुरी दिएपछि प्रहरी बालिका खोज्न लागेको थियो । ५ डिसेम्बरमा प्रहरीले बालिकालाई फेला पार्यो । बलरामपुरकी बालिकालाई प्रहरीले अम्बिकापुर जिल्लाको सरगुजामा फेला पारेको थियो।

पीडित किशोरी २० नोभेम्बरबाट हराएकी थिइन्। उनले १३ दिनसम्म आफूलाई अलग अलग ठाउँमा लगि ८ जनाले बलात्कार गरेको बयान दिएकी छिन्। पुलिसले पीडितको बयानका आधारमा सबै आरोपीलाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये ६ जना नाबालिग रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्