Logo

लाइसेन्सका लागि ७ वटै प्रदेशमा अनलाइन फारम भर्न मिल्ने, कसरी भर्ने अनलाइनबाट फारम ?



Spread the love

१९ मंसिर, काठमाडाैँ । लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्रका लागि अनलाइनबाट फर्म मिल्ने भएको छ । सरकारले सवारी चालक अनुमति पत्रका लागि ७ वटै प्रदेशमा अनलाइन फारम भर्न सकिने जनाएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले बुधबार क सूचना मार्फत सवारी चालक अनुमतिपत्रको फारम अनलाइनमार्फत भर्न सकिने उल्लेख गरेको छ ।

चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फारम दर्ता प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यस अन्तर्गतका कार्यालयको माग बमोजिम खुला गरिने बताइएको छ ।

सवारी चालक अनुमति पत्र लिन चाहनले विस्तृतमा बुझ्नका लागि ७ वटै प्रदेशमा सूचना अधिकारीसँग फोन गरेर जानकारी लिन सक्नेछन् । यसका लागि सरकारले सबैको सम्पर्क नम्बर समेत उपलब्ध गराएको छ ।

लाइसेन्सका लागि फारम भर्नेबारे विस्तृतमा जान्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्