Logo

मंसिर २२ गते विवाह गर्दै अभिनेत्री श्वेता खड्का, को हुन् हुनेवाला पती ?



Spread the love

१८ मंसिर, काठमाडाैँ । अभिनेत्री श्वेता खड्काको विवाह हुने भएको छ । उनको विवाह यही सोमबार अर्थात् २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग हुने तय भएको हो ।

उनीहरू केही समयदेखिको प्रम सम्बन्धमा रहेको बताइएको छ । विवाह कार्डमा छापिए अनुसार उनीहरूको गोकर्ण फरेष्ट रिसोर्टमा विवाह हुने भएको हो ।


यसअघि मंसिर ५ गते उनको विवाह हुने हल्ला चलेको थियो । तर, पछि यो असत्य साबित भयो ।

२२ गते हुने विवाह श्वेता खड्काको दोश्रो विवाह हो। उनले २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । तर, श्रीकृष्ण श्रेष्ठको सोही वर्ष साउन २५ गते मृत्यु भएको थियो ।

श्वेताले ‘कहाँ भेटिएला’ फिल्मबाट नेपाली फिल्ममा डेब्यु गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्