Logo

विप्लवका छोरा डा. प्रकाशको पहलमा प्रचण्डका अंगरक्षकको उपचार



Spread the love

१४ मंसिर, चितवन । प्रचण्डका तत्कालीन अंगरक्षकको उपचार नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा डा. प्रकाश चन्दको पहलमा गरिएको छ । भरतरपुरको अस्पतालमा अंगरक्षक तुलबहादुर घर्ति ‘मुनाल’को उपचार गरिएको हो ।

प्रचण्ड तत्कालीन समयमा नेकपा माओवादी सर्वोच्च कमाण्डर हुँदा मुनाल उनका अंगरक्षक थिए ।

मुनाल पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका–५ जवाङका हुन् । उनको स्वास्थ्य पक्षघातका कारण बिग्रिएको बताइएको छ ।

केहीदिन अघि मुनाल सिकिस्त बिरामी भएको खबर सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्