Logo

सन्दिप लामिछानेलाई कोरोना संक्रमण



Spread the love

१३ मंसिर, काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई कोरोना संक्रमण भएको छ ।

सन्दीपले सामाजिक संजालमा लेख्दै आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ‌। राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेका उनको परिक्षण नतिजा पोजेटिभ आएसँगै सेल्फ आइसोलेसनमा बसेका छन् । उनमा हल्का लक्षण देखिएको छ ।

यसअघि मंगलबार १६ खेलाडीको पिसिआर परिक्षणमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी र युवा ब्याट्सम्यान रोहित कुमार पौडेलको रिपोर्ट पोजेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस्