Logo

बेपत्ता भएका भनिएका डीएसपी युवतीसँग होटलमा भेटिए



Spread the love

१० मंसिर, कैलाली । बेपत्ता भएका भनिएका डीएसपी युवतीसँग भेटिएका छन् । कैलालीस्थित इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी एक होटलमा युवतीसँगै भेटिएका हुन् ।

उनी मंगलबार रमतिबाट सम्पर्क विहीन भएका थिए । एकाएक सम्पर्क विहीन भएपछि डीएसपीको खोजी गर्न ठूलो संख्यामा प्रहरी परिचालग गरिएको थियो ।

बुधबार बिहान डीएसपी भरतबहादुर चौधरी कैलालीकै बुढीतोलास्थित एक होटलमा युवतीसँग फेला परेका हुन् । उनीमाथि अनुशासनको कारबाही गर्ने तयारी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्