Logo

आइफोन, आइप्याड र स्मार्ट वाचहरु बोकेको ट्रक चोरी



Spread the love

५ मंसिर, एजेन्सी । एप्पलका सामानहरू बोकेको ट्रक चोरी भएको छ । लुटेराहरूले एप्पलका प्रोडक्टहरू आइफोन, आइप्याड र स्मार्ट वाचहरु बोकेको ट्रक लुटेराहरूले रोकेर लुटेका हुन् ।

बेलायतको नर्थ्याम्पटनशायरमा एप्पलको प्रोडक्ट बोकेको ट्रक लुटपाट भएको बताइएको छ । उक्त ट्रकबाट ८० करोड रूपैयाँ बराबरका सामग्रीहरू चोरी भएको बीबीसीको रिपोर्टमा उल्लेख छ ।

आइफोन ११ एस, एयरपड र एप्पल वाचहरु चोरी भएको बताइएको छ। चोरहरूले ट्रकका चालक र सहचालकलाई बाधेर उक्त ट्रकको सबै सामान अर्को ट्रकमा राखेर लिएर गएका छन् ।

पुलिसका अनुसार लुटेराहरुले ड्राइभर र सुरक्षा गार्डलाई बाँधिएकै अवस्थामा छाडेर गएका थिए ।

प्रतिक्रिया दिनुहोस्