Logo

छोरीको बिहेमा ८ अर्ब खर्च गरेका व्यापारी टाट पल्टिँदै



Spread the love

३ मंसिर, एजेन्सी । छोरीको बिहेमा ८ अर्ब खर्च गरेका व्यापारी टाट पल्टिदै गएका छन् । बेलायतमा बसेर व्यवसाय गर्ने भारतीय व्यापारी प्रमोद मित्तल टाट पल्टिने अवस्थामा पुगेका हुन् ।

मित्तल बेलायतकै सबैभन्दा ठूला टाट पल्टिने व्यापारी बन्ने भएका छन् ।
प्रमोद मित्तलमाथि २.५ बिलियन पाउण्ड (३ खर्ब ८७ अर्ब नेपाली रुपैयाँ) बराबर ऋण रहेको बताइएको छ । यही ऋणले मित्तललाई टाट पल्टिले अवस्थामा पुर्याएको बताइएको छ ।

अहिले प्रमोद मित्तले आफ्नो कुनै आय नभएको उल्लेख गरेका छन् । उनका अनुसार उनीसँग अहिले सम्पत्तिको नाममा १ लाख १० हजार पाउण्ड बराबरका सामानहरु छन् ।

प्रमोद मित्तलले आफ्नी छोरीको विवाहमा ८ अर्ब सम्पत्ति खर्च गरेका थिए । २०१३ मा आफ्नी छोरी श्रृष्टिको डच मूलका बैंकर गुलराज बहलसँग बिहे गरिदिँदा मित्तलले ५० मिलियन पाउण्ड खर्च गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्