Logo

५० जना बालबालिकामाथि यौन उत्पीडन गरेको आरोपमा ईन्जिनियर पक्राउ



Spread the love

३ मंसिर, एजेन्सी । करिब ५० जना बालबालिकामाथि याैन दुर्व्यवहार गरेको आरोपमा इन्जिनियर पक्राउ परेका छन् । भारतको उत्तरप्रदेशमा करिब ५० बालबालिकामाथि यौन उत्पीडन गरेको आरोपमा पक्राउ परेका हुन् ।

उनीमाथि उनले काम गरेको सिञ्चाई विभागका जुनियर इन्जिनियर बालबालिकाहरुमाथि यौन उत्पीडन गरेको आरोप लागेको छ । बिबिसी हिन्दीमा जनाए अनुसार ती इन्जिनियरले बालबालिकामाथि यौन उत्पीडन गरेको, त्यसको भिडियो बनाएको र तस्बिर बेचेको आरोप समेत लागेको छ ।

५ देखि १६ वर्षसम्मका बालबालिका र किशोरीहरुमाथि उनले करिब १० वर्षदेखि याैन उत्पीडन गरेको बताइएको छ । त्तर प्रदेशको चित्रकुट, बांदा र हमिरपुरा जिल्लाका बालबालिका तथा किशोरीहरू याैन उत्पीडनमा परेका छन् ।

ती इन्जिनियरको साथबाट ठुलो मात्रामा सेक्स खेलौनाहरु समेत बरामद गरिएको प्रहरीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्