Logo

चिनियाँ दमनविरूद्ध काठमाण्डौंमा प्रदर्शन



Spread the love

२८, कार्तिक काठमाण्डौं :  नेपालका मुस्लिम समुदायले चिनियाँ दमनविरूद्द प्रदर्शन गरेका छन् ।

उइगुर मुस्लिम समुदायमाथि चीनमा भइरहेको दमन, शोषण अन्त्य गर्न माग गर्दै मुस्लिम समुदायले विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा सहभागिहरुले काठमाडौंको पुरानो बसपार्कबाट पद्मकन्या क्याम्पससम्म विरोध -याली गरेका थिए । जमीअत उलमाए नेपालले उइगुर समुदायमाथि चीनमा भइरहेको अत्याचार बन्द माग गर्दै प्रदर्शन गरेको हो ।

उइगुर समुदायमाथि दमन गरेर जघन्य अपराध गरिरहेको चीनले मुस्लिम समुदायको संस्कृतिमाथि नै प्रतिवन्ध लगाउने काम गरेको जमीअत उलमाए नेपालका सल्लाहकार युनुस हमरले बताए ।

मुस्लिम समुदायका व्यक्तिहरुपनि शान्तिका पक्षरहेको उल्लेख गर्दै उनले अन्य धर्मका मानिसहरुजस्तै स्वतन्त्र रुपले बाँच्न पाउने अधिकारको ग्यारेण्टी गर्नुपर्ने माग गरे । प्रदर्शनमा सहभागिहरुले ‘चीनमा उइगुर मुस्लिममाथिको अत्याचार बन्द गर’, उइगुर मुस्लिमलाई स्वतन्त्रता देउ’, उइगुर मस्लिमको मानवअधिकार बहाली’ गर जस्ता नारा लगाएका थिए । बिहीबार नै उनीहरुले नेपालस्थित चिनियाँ दूतावास अगाडी धर्ना समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्