Logo

नेविसंघद्वारा ललितपुरका विभिन्न विद्यालयहरूमा स्वास्थ्य अवस्थाबारे ध्यानाकर्षण



Spread the love

३० असोज, ललितपुर । नेपाल विद्यार्थी संघले ललितपुरका सञ्चालित विद्यालयहरूमा विद्यार्थीको स्वास्थ्य अवस्थाबारे चिन्ता प्रकट गरेको छ । ललितपुरमा सञ्चालनमा आएका विद्यालयहरूमा पर्याप्त रूपमा स्वास्थ्य मापदण्ड पालना नभएको उल्लेख गर्दै महाँकाल गाउँपालिका समक्ष ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।

नेविसंघले बुझाएको पत्रमा विद्यालयमा सामान्य तापक्रम समेत जाँच नगर्दा जटील परिस्थिति सिर्जना हुनसक्ने समेत उल्लेख गरिएको छ ।

कोरोना संक्रमण तीव्र रूपमा फैलिइरहेक अवस्थामा भाैतिक रूपमा कक्षा सञ्चालन गर्दा पूर्ण रूपमा स्वास्थ्य मापदण्ड पालना गर्न र अवस्था थप जटिल बनेमा वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्न समेत पत्रमा ध्यानाकर्षण गराइएको छ ।

ललितपुरको नेविसंघ पाटन क्याम्पस तथा नेविसंघ ललितपुरका नेता युवराज लामा, रुपक गोले, किरण शर्मा, कृष्ण सञ्जेल, गणेश लामा, मनिष सञ्जेल लगायतको नेतृत्वमा महाँकाल गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका र गोदावरी नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको थियो ।

नेविसंघले महाँकाल मावि गोटीखेलमा मास्क समेत वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्