
३० असोज, काठमाडौं। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठुला भ्रष्टाचारको छानबिन गर्न कसले रोकेको भनी प्रश्न गरेका छन् ।
शुक्रवार एक ट्वीट गर्दै भट्टराईले भने, ‘भ्रष्टाचारप्रति साँच्चै शुन्यसहनशीलता हो भने बुढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षाप्रेस, यति, ओम्नीलगायत सबै ठूला भ्रष्टाचार प्रकरणको उच्चस्तरीय/निष्पक्ष छानबिन गर्न कसले रोकेको हो त ? कुराले हैन काम गरेर देखाउनोस् ! नत्र ढाँटको कुरा खाई पत्याउनु…!’
६५ औं प्रहरी दिवसका अवसरमा प्रधानमन्त्री ओलीले अर्बौं बाँडेर खाने हर्कत हामी गर्दैनौं भनेका थिए ।
प्रतिक्रिया दिनुहोस्