३० असोज, काठमाडौं। कोरोना संक्रमणबाट नेपालमा थप चार जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ९८ पुगेको हो ।
भक्तपुर अस्पतालमा उपचाररत काभ्रेको धुलिखेल नगरपालिका–९ का ४१ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचार गराइरहेका विराटनगर महानगरपालिका–३ का ६५ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।
त्यस्तै, बुटवलस्थित कोरोना विशेष अस्पतालमा तिलोत्तमा नगरपालिका–२ का ६७ वर्षीय पुरुषको मृत्यु भएको हो । भक्तपुरको कोरिया मैत्री अस्पतालमा भक्तपुर नगरपालिका–८ लिवालीकी ७४ वर्षीया महिलाको ज्यान गएको छ ।
प्रतिक्रिया दिनुहोस्