Logo

बलात्कार प्रयास गर्ने पुरूषलाई खुकुरी प्रहार गरी महिलाले गरिन् हत्या



Spread the love

२९ असोज, धनकुटा । बलात्कारको प्रयास गरेको भन्दै एक जना महिलाले पुरूषको हत्या गरेकी छन् । धनकुटाको महालक्ष्मी नगरपालिकामा ३० वर्षीया कमला गुरुङले बलात्कार प्रयास गर्ने स्थानीय लीलबहादुर गुरुङको हत्या गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाए अनुसार बलात्कार प्रयास गरेपछि प्रतिकारमा खुकुरी प्रहार गर्दा पुरूषको मृत्यु भएको हो ।

राति ढोका फुटाएर आफूमाथि बलात्कार प्रयास गरेपछि खुकुरी प्रहार गरेको महिलाले बयान दिएको प्रहरी कार्यालयले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि बलात्कारको प्रतिकारमा हत्या भएको देखिएको प्रहरीले जनाएको छ ।

मृकत लिल बहादुरका दुई छोरा छन् भने प्रतिकार गर्ने महिलाका श्रीमान गत १५ महिनादेखि वैदेशिक रोजगारीको सिलसिलामा दुबई भएको बताइएको छ ।

मंगलबार राती घटेको यो घटनाका विषयमा थप अनुसन्धान सुरू गरिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्