Logo

बैंकका गार्डमाथि खुकुरी प्रहार



Spread the love

२९ असोज, काठमाडाैँ । ग्लोबल आईएमई बैंकका एक सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ । बिहीबार दिउसो मध्य बानेश्वर शाखाका सुरक्षा गार्ड रुद्र बहादुर गुरुङमाथि खुकुरी प्रहार भएको हो ।

प्रहरीले बताए अनुसार गार्ड गुरूङले बोकेको खुकुरी खोसेर उनैमाथि प्रहार भएको हो । खुकुरी प्रहार गर्ने व्यक्ति फरार भएका छन् ।

महानगरीय प्रहरी वृत्त, बानेश्वरका प्रहरी प्रमुख डीएसपी दक्ष बस्नेतले बताए अनुसार पैसा साट्ने बेलामा लाइन बस्ने कुरामा विवाद हुँदा गार्डमाथि प्रहार भएको थियो ।

खुकुरी प्रहार गर्ने व्यक्ति फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्