Logo

उखु बारीमा १४ वर्षीया बालिकाको बलात्कारपछि हत्या, एक जना पक्राउ



Spread the love

२९ असोज, राैतहट । बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

राैतहटको गढीमाई नगरपालिका-४ मा दुई साताअघि एक बालिकाको बलात्कारपछि हत्या भएको खुलेपछि उक्त घटनामा संलग्न भएको अभियोगमा ४५ वर्षीय चुनु शाह तेली पक्राउमा परेका हुन् ।

असोज १६ गते साँझ गाईबस्तुका लागि घाँस पात लिन घरबाट निस्किएकी १४ वर्षीया बालिकाको शव स्थानीय उखु बारीमा फेला परेको थियो ।

प्रदेश-२ प्रहरी प्रमुख धिरजप्रताप सिंहले दिएको जानकारी अनुसार बालिकाले बलात्कार गरेको अरुलाई भनिदिने बताएपछि तेलीले बालिकाको हत्या गरेको खुलेको छ । बलात्कारपछि हत्या गरिएकी बालिका तेलीको छोरीकी साथी हुन् ।

प्रतिक्रिया दिनुहोस्