
२९ असोज, काठमाडौं। नवनियुक्त मन्त्रीहरूले सिंहदरबारमा कार्यभार सम्हालेका छन् । राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै मन्त्रीहरूले कार्यभार सम्हालेका हुन् ।
अर्थमन्त्री विष्णु पौडेल, शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ तथा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले बिहीवार दिउँसो कार्यभार सम्हालेका हुन् ।
निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाले भदौ १९ गते राजीनामा दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्