Logo

नवनियुक्त तीन मन्त्रीहरूले लिए सपथ



Spread the love

२९ असोज, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीवार आयोजित विशेष समारोहमा अर्थमा विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ शहरी विकास र लीलानाथ श्रेष्ठ महिला बालबालिका तथा समाज कल्याण मन्त्रीमा शपथ लिएका हुन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति पुन, प्रधानमन्त्री ओली, सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना लगायत उपस्थित थिए ।

शपथपछि मन्त्रीहरूले आजै सिंहदरबारमा पुगेर कार्यभार सम्हाल्दै छन् ।

प्रतिक्रिया दिनुहोस्