Logo

बहराइनका राजकुमारले गरे मनास्लु हिमालको सफल आरोहण



Spread the love

२९ असोज, काठमाडौं। बहराइन राजकुमारसहितका टोलीले ८ हजार १ सय ५६ मिटरको मनास्लु हिमालको सफल आरोहण गरेका छन् । राजकुमार नासिर बिन हामिद अल खलीफासहित १४ जना र ३ गाइड गरि १७ जनाको टोलीले आज बिहान सात बजेर दश मिनेटमा मनास्लुको सफल आरोहण गरेको हो ।

सन् २०२० यता नेपालमा आठ हजार मिटरभन्दा अग्लो हिमाल आरोहण भएको यो पहिलोपटक हो ।

यसअघि राजकुमार नासिरले सोलुखुम्बुको लोबुचे हिमालको सफल आरोहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्