
२९ असोज, काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट थप पाँच जनाको ज्यान गएको छ ।योसँगै नेपालमा कोरोनावाट ज्यान गुमाउनेको संख्या ६ सय ८० पुगेको छ।
कोशी अस्पतालमा उपचार गराइरहेका विराटनगर महानगरपालिका–४ का ५० वर्षीय र सुनसरीको धरान उपमहानगरपालिका–१५ का ६६ वर्षीय पुरुषको ज्यान गएको हो । विराटनगर अस्पतालमा उपचाररत मोरङको सुन्दरहरैँचा नगरपालिका–५ की ४० वर्षीया एक महिलाको मृत्यु भएको छ ।
कोशी अस्पतालमा उपचार गराइरहेका विराटनगर महानगरपालिका–४ का ५० वर्षीय र सुनसरीको धरान उपमहानगरपालिका–१५ का ६६ वर्षीय पुरुषको ज्यान गएको हो ।
त्यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका तेह्रथुमका ४९ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । कोरोनाबाट अर्घाखाँचीको होम्निकास्थान गाउँपालिका–९ का ७३ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्