Logo

कोरोनाबाट थप एक जनाको मृत्यु



Spread the love

२८ असोज, चितवन । भरतपुर अस्पतालमा उपचारका क्रममा एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उप–महानगरपालिका वडा नम्बर ९ प्रगतिटोलका ६६ वर्षीय पुरुष रहेका छन् ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार असोज २७ गते ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका उनमा २८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज साँझ ६ः१५ बजे मृत्यु भएको सूचना अधिकारी पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्