Logo

क्वारेन्टाइनबाट भागेर घर गएकाहरूमा कोरोना पुष्टि



Spread the love

२८ असोज, डोटी – शिखर नगरपालिका वडा न। १ कपल्लेकीको क्वारेन्टाइनमा राखिएका १६ जना मध्ये सात जना भागेर घर गएका छन् । छिमेकी मुलुक भारतबाट रोजगारी गरी दशै, तिहार मनाउन घर फर्किएका १६ स्थानीयलाई उक्त वडाको केदारेश्वर माध्यामिक विद्यालयको क्वारेन्टायनमा राखिएको थियो ।

क्वारेन्टाइन राखिएका मध्ये १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सङ्क्रमित १२ मध्येका सात जना घर भागेर घर गएपछि अहिले गाउँमा त्रास फैलिएको छ । शनिबार १६ जनाको स्वाब सङ्कलन गरी मङ्गलबार परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण देखिएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले बताए । उनले भने, “स्वाब परिक्षणको रिपोर्ट आउनु भन्दा पहिले नै सात जना भागेर घर गएछन्, उनीहरुमा कोरोना देखियो, गाउँमा त्रास फैलिएको छ ।” कोरोना संक्रमित भएकाहरु गाउँमा गएपछि अहिले सो वडाको सेरी गाउँलाई सील गर्ने निर्णय गरेको शिखर नपरपालिकाका नगरप्रमुख सीताराम जोशीले बताए । उनले भने, “ गाउँमा अरुलाई संक्रमण नहोस भनेर गाउँ नै सिल गछौँ ।”

प्रतिक्रिया दिनुहोस्