Logo

तीन जना मन्त्री थपिए, ईश्वर पोखरेलको मन्त्रालय खोसियो



Spread the love

२८ असोज, काठमाडाैँ । बुधबार मन्त्रालय हेरफेर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलमा हेरफेर गरेका छन् ।

मन्त्रिमण्डल हेरफेर गर्दा ओलीले तीन जना मन्त्री थपेका छन् भने इश्वर पोखरेलाई रक्षा मन्त्रीको जिम्मेवारीबाट मुक्त गरेका छन् ।

अब, इश्वर पोखरेल उपप्रधानमन्त्रीमा सिमित भएका छन् भने उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्य सम्हाल्नेछन् ।

ओलीले अर्थमन्त्रीमा पार्टीका महासचिव विष्णु पौडेल, सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको जिम्मेवारी लीलानाथ श्रेष्ठलाई दिएका हुन् ।

त्यस्तै सहरी विकास मन्त्रीमा कृष्ण गोपाल श्रेष्ठलाई नियुक्त गरिएको छ भने सञ्चार मन्त्रायको जिम्मा पार्वत गुरुङलाई दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्