Logo

विवादास्पद अभिव्यक्ति दिएका भारतीय सेनाध्यक्ष नेपाल आउँदै



Spread the love

काठमाडौं । भारतीय जनरल मनोज मुकुन्द नरभानेकोलाई नेपाल भ्रमणको लागि औपचारिक पत्र पठाउन लागेको नेपाली सेनाले जनाएको छ ।

बिगत झै नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने प्रचलनलाई निरन्तरता दिन भारतका सेनाध्यक्ष नरभानेलाई नेपाल बोलाउन लागिएको हो ।

यसअघि नै नेपाल भ्रमण हुनुपर्नेमा कोरोना महामारी र नेपाल भारत सीमा बिवादका कारण रोकिएको थियो ।

नरभानेले नेपाल भारत सीमा बिवाद रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत क्षेत्रका बिषयमा विवादास्पद अभिव्यक्ति दिए पनि उनको दुबै देशमा चर्को आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्