Logo

नेकपाकी सांसद सानु शिवाको निधन



Spread the love


२८ असोज, काठमाडौं। प्रतिनिधिसभा सदस्य सानु शिवाको निधन भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद रहेकी उनको आज विहान सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।

उनी पार्टी एकता अघि एमालेको तर्फबाट समानुपातिक सांसदमा निर्वाचित भएकी थिइन् ।

केही दिनअघि एक्कासी मुटुमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । सांसद शिवाको केही वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्