Logo

असोज अन्तिम हप्ताको साप्ताहिक राशिफल



Spread the love

 असोज २८ गते देखी कार्तिक १ गतेसम्मको साप्ताहिक राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

दिन परिश्रमको फल दिने खालको रहला । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । समस्याको समाधान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ र व्यर्थको खर्चप्रति पनि नियन्त्रण आउनेछ । महत्वपूर्ण कार्यमा ध्यान केन्द्रित होला । आशा उत्साह बढ्नेछ । उन्नति–पदोन्नति होला । सुख समृद्धि बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । ऐश्वर्य वृद्धि होला ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

शुभ काम होला । प्रेममा सफलता प्राप्त होला । खेलकुद भ्रमणमा रुचि बढ्ला । आमोद–प्रमोदमा रुचि बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । सुख सफलता प्राप्त होला । इष्टमित्रको सहयोग मिल्नेछ । सुख सन्तति बढ्नेछ । महत्वपूर्ण पात्रसित भेटघाट हुनेछ र सहयोग पनि प्राप्त होला । वार्तामा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । धनको आगमन भैरहनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

धन यश मान सुख समृद्धि बढ्नेछ । साहसिक काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आरोग्यता बढ्नेछ । सभा–समारोहमा मान पुरस्कार पाउनुहुनेछ । भोजभत्तेरमा भाग लिनुहुनेछ । लगानी उठ्ला । गौरव वृद्धि होला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ, तर विवाद आदिमा नपरी आफ्नै बल–विवेकले काम गर्नु हितकर रहनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आँट उत्साह बढ्ला । ऋण रोग र शत्रुसित लड्ने क्षमता वृद्धि हुनेछ । आफन्तको सहयोग मिल्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आयात निर्यात यात्रा आदिसित सम्बन्धित काम बन्नेछ । यश वर्चश्व वृद्धि होला । उन्नति–पदोन्नति हुनेछ । राजकीय कार्य बन्ला । उच्चाधिकारीको सहयोग समर्थन मिल्नेछ । साथीभाइको साथ मिल्नेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

समय शुभ फलदायक रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । इष्टमित्र प्रेमपात्रको सहयोग मिल्नेछ । सुख आनन्दमा रुचि बढ्नेछ । जोखिमप्रति सचेत रहनुपर्नेछ । धनको आगमन भइरहने छ । अवश्यमेव सफल हुनुहुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । मिठो भोजन मिल्नेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

रसरागमा आकर्षण बढ्ला । लगानी बढ्ला । विलासको वस्तु किन्नमा सफल हुनुहुनेछ । मान महत्त्व बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सन्तति सुख बढ्नेछ । यात्रापरक कार्यमा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ । ख्याति फैलिनेछ । मिठो भोजन मिल्नेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । आय वृद्धि भैरहनेछ । यात्रा होला । धन यश मान सुख सौभाग्य वृद्धि हुनेछ । विवाद आदिप्रति सचेत भइ अरुको भरमा नबसी काम गर्नु उचित हुनेछ । वार्तामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । मान पुरस्कार मिल्नेछ । अन्न आनन्द बढ्नेछ । आशा उत्साह बढ्ला ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

पारिवारिक कार्य बन्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । इष्टमित्र सन्तानसित सम्बन्धित काम बन्नेछ । रोकिएको धन उठ्ला । साझेदारीको काम बन्ला । सुख शान्ति बढ्ला । मिठो भोजन मिल्नेछ । भोगविलासमा रुचि बढ्ला । मान महत्व बढ्नेछ । उन्नति पदोन्नति हुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । हांसविलासमा रुचि बढ्ला । धन सम्पत्ति बढ्नेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सुख सम्पन्नता बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । आयबर्द्धक कार्यमा सफलता मिल्नेछ । शुभ काममा रुचि बढ्ला । मान बढ्नेछ । घुमफिर गर्नु हुनेछ । यात्रामा सफलता पाउनुहुनेछ । आफन्तको सहयोग मिल्नेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आरोग्यतामा वृद्धि हुनेछ । खर्चमा नियन्त्रण आउनेछ । ऋण रोग र शत्रुसित सम्बन्धित काममा सफलता प्राप्त होला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । धन सम्पत्ति पनि बढ्नेछ । नियमकानूनप्रति सचेत रहनु पर्ला । लापर्वाही नगर्नु उत्तम हुनेछ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द

नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ भने सहयोगीहरूले साथ दिनेछन्। कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ। बिछोडिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ। अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला। दिउँसोदेखि आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ।नियमित काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ साथै हांविलासमा आकर्षण बढ्नेछ । सुख आनन्दक बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

स्वास्थ्यमा सुधार हुने एवं मित्रता बलियो बन्नेछ । कुटुम्ब भेटघाट एवम पारिवारिक भोजभतेरमा सहभागिता मिल्नेछ । खेलकुद एवम सांगितिक क्षेत्रमा प्रगति हुनेछ । साझेदारी लगानीमा फाइदा, व्यापार व्यवसायमा नाफा एवं साथी भाइको भेटघाटमा खर्च बढ्नेछ । विरोधी पक्षबाट भय एवं समस्या कम हुनेट । वादविवाद एव प्रतिष्पर्धामा जित हासिल हुनेछ ।सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ।

प्रतिक्रिया दिनुहोस्