![क्वारेन्टाइनमा एक युवतीले गरिन् आत्महत्या - आयो खबर](https://i0.wp.com/aayokhabar.com/wp-content/uploads/2018/09/aatmahatya-dfhfgsh.jpg?resize=679%2C417&ssl=1)
२८ असोज, महोत्तरी। महोत्तरीको मनरासिस्वा नगरपालिका-६ सरपल्लो गाउँमा एकै गाउँका दुई किशोर-किशोरीको शव झुण्डिएको अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार मङ्गलबार एकै दिन स्थानीय १६ वर्षीय सुनिल महतो र २० वर्षीया खुश्बु खातुनको शव झुण्डिएको अवस्थामा फेला परेको हो ।
सुनिलको शव आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको हो भने खुश्बुको शव उनको घरदेखि पाँच मिटर उत्तरमा रहेको आँपको बगैँचामा झुण्डिएको अवस्थामा फेला परेको जनाइएको छ ।
उनीहरु दुवै के–कति कारणले झुण्डिएको अथवा उनीहरुको मृत्यु कसरी भएको भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ भने दुवै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ ।रासस
प्रतिक्रिया दिनुहोस्