Logo

नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु



Spread the love

२८ असोज, काठमाडौं। कोराना संक्रमणबाट नेपालमा थप ५ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ६८ पुगेको छ ।

विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा सुन्दरहरैँचा नगरपालिका वडा नम्बर पाँचकी ४९ वर्षीया महिला र विराट शिक्षण अस्पतालमा बूढीगंगा–३ बाँसबारीका ६० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो ।

सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १५ मा होम आइसोलेसनमा बसेका ६२ वर्षीय पुरुषको पनि ज्यान गएको छ । बेशिशहर नगरपालिका–२ लमजुङका ५६ वर्षिय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

नवलपरासीको सुनवल नगरपालिका–४ का ७७ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्