Logo

लोक सेवाले विज्ञापन खोल्यो (विज्ञापन सहित)



Spread the love

२८ असोज, काठमाडौँ । कोरोना संक्रमण बढीरहेकै बेला लोक सेवा आयोगले प्राविधिक तथा अप्राविधिक गरी सहसचिव र उपसचिवहरुको विज्ञापन गरेको छ ।

आफ्नो पूर्व निर्धारित कार्यातालिका अनुसार आयोगले बुधबार विभिन्न सेवा तथा समूह (उपसमूह)का सहसचिव र उपसचिवको विज्ञापन आह्वान गरेको हो । आयोगले १८५ सहसचिव र ४७३ उपसचिव पदका लागि विज्ञापन खुलाएको छ ।

आयोगले निजामती सेवा, संघीय संसद सेवा तथा स्वास्थ्य सेवातर्फ विज्ञापन गरेको हो । विज्ञापनमा तोकिएअनुसार योग्यता पुगेका उम्मेदवारहरूले कार्तिक १८ सम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्