Logo

२४ घण्टा यता कोरोना संक्रमणबाट मुत्यु हुनेको संख्या बढ्यो



Spread the love

२८ असोज, एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले मेक्सिको पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । गत महिनासम्म सामान्य रहेको मेक्सिक अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि उकालो लाग्दै गएको छ ।

अहिले संसारमा तिब्र रुपमा फैलिदै गएको कोरोना भाइरस १ नम्बरमा अमेरिका, २ भारत, ३ ब्राजिल र पछि रसिया रहेको छ भने अहिले मेक्सिको विश्वमा कोरोनाबाट अति प्रभावित मुलुकको ९ ओँ स्थानमा पर्न जान्छ । उक्त देश दिनप्रति दिन कोरोनाबाट मर्नेको संख्या उच्च रहेको छ ।

मेक्सिकमा २४ घण्टा यता ४ सय ७५ जनाको संक्रमणबाट ज्यान गएको छ भने ४ हजार भन्दा बढी नयाँ कोरोना संक्रमण भएको देखिएको छ । हिजो १ सय ११ जनाको मुत्यु भएको थियो भने हिजोको तुलनामा मुत्यु हुनेको संख्या ३ सयले बढेको छ । मेक्सिकोमा कोरोनाबाट एकैदिन ज्यान गुमाउनेको उच्च रहेको छ ।

मेक्सिकोमा कोरोनाबाट हालसम्म ८ लाख २५ हजार ३ सय ४० जना संक्रमित भएका छन् भने ८४ हजार ४ सय २० जनाको मृत्यु भएको छ । ६ लाख १ हजार ५ सय ७१ उपचारपछि निको भएका छन्  ।

प्रतिक्रिया दिनुहोस्