Logo

कोरोना संक्रमणबाट मुत्यु हुनेको संख्या यो हप्ताकै सबैभन्दा कम



Spread the love

२८ असोज, एजेन्सी। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले ब्राजिलमा पनि तीव्र संक्रमण तथा मर्न थालेका छन् भने अहिले विश्वभर दोस्रो जोखिम रहेको देश भएको छ । गत हप्तासम्म सामान्य रहेको ब्राजिलमा अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि उकालो लाग्दै गएको छ ।

२४ घण्टा यता ब्राजिलमा कोरोनाबाट ३ सय ५४ जनाको मृत्यु भएको छ भने हिजो मंगलबार ५ सय ४४ जनाको ज्यान गएको थियो । हिजोको तुलनामा २ सयले घटेको छ । अहिले सबै भन्दा बढी प्रभावित भएको देश अमेरिका भन्दा पछाडी तेस्रो नम्बरमा रहेको छ । जसमा ३० हजार नयाँ संक्रमित थपिएका छन् ।

जोन्स होप्किन्स यूनिभर्सिटीको अनुसार ब्राजिलमा कोरोना भाइरसबाट ५१ लाख १४ हजार भन्दा धेरै संक्रमित भएका छन् भने १ लाख ५१ हजार ६३ जनाको मृत्यु भएको छ । ४५ लाख २६ हजार भन्दा धेरैलाई उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्