Logo

कपिलवस्तुका स्टाफ नर्समा पनि देखियो कोरोना संक्रमण



Spread the love

३० वैशाख, बुटवल। मंगलबार संक्रमण देखिएका ८ जना मध्ये कपिलवस्तु अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा पनि कोरोनाको संक्रमण पाईएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले संक्रमित एक जना स्टाफ नर्स भएको पुष्टि गरेका हुन्। कपिलवस्तु नगरपालिका वडा १ की २५ वर्षीया उनी जिल्ला अस्पतालमा कार्यरत रहेकी उनलाई कसरी संक्रमण भएको हो भन्नेबारे खुलेको छैन।

कपिलवस्तुमा मंगलबार दिउसो कोरोना संक्रमण पुष्टि भएका सबै कपिलवस्तु नगरपालिकाका हुन्। उनीहरु १९ वर्षदेखि ३६ वर्षसम्मका छन्।

प्रतिक्रिया दिनुहोस्