Logo

एकैदिन चार हजार भन्दा बढी नयाँ सङ्क्रमित थपिए भारतमा



Spread the love

एजेन्सी। एकैदिन भारतमा चार हजारभन्दा बढी कोभिड–१९ को नयाँ सङ्क्रमित थपिएका छन् । जोन हप्कीन्स विश्वविद्यालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा चार हजार २१३ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

भारतमा सङ्क्रमित हुनेको संख्या ६७ हजार १५२ पुगेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार एकैदिनमा नयाँ सङ्क्रमित थपिएको भारतमा यो सबैभन्दा बढी हो । भारतमा कोभिड–१९ को सङ्क्रमणबाट दुई हजार २०६ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्