Logo

कोरोना विश्वमा कहाँ के भइरहेको छ ?



Spread the love

एजेन्सी । चीनको बुहानबाट सुरु भएको कोरोना भाइरसको सन्त्रास विश्वभर फैलिसकेको छ । विश्वका अधिकांश देशमा लकडाउन गरिएको छ । अ जानौँ विश्वमा कहाँ के भइरहेको छ ।

१.चीनको सरकारी मिडियाका अनुसार राष्ट्रपति सी जिनपिंगले उत्तर कोरियाका नेता किम जोंगसँग कोरोना भाइरसविरुद्ध लड्नको लागि सहयोग गर्ने प्रस्ताव गरेका छन् । जिनपिंग उत्तर कोरियाको अवस्थालाई लिएर चिन्तित भएको पनि बताएका छन् ।

२. जर्मनीमा बितेको २४ घण्टामा कोरोनाबाट संक्रमित हुनेहरुको सङ्ख्या १२५१ रहेको छ । यसको साथमा जर्मनीमा १ लाख ६८ हजार ५५१ जना संक्रमित भएका छन् भने ७ हजार ३६९ जनाले ज्यान गुमाएका छन् ।

३. शुक्रबार चीनमा कोरोना भाइरसबाट एउटामा संक्रमण देखिएको छ । चीनमा कोरोनाबाट संक्रमित हुनेहरुको सङ्ख्या ८२ हजार ८८७ पुगेको छ भने ४ हजार ६३३ जनाको ज्यान गएको छ ।

४. भारतमा कोरोनाबाट संक्रमित हुनेहरुको सङ्ख्या ५६ हजार ३४२ पुगेको छ भने १८८६ जनाले ज्यान गुमाएका छन् । १६ हजार ५४० जना निको भइ घर फर्किसकेका छन् । महाराष्ट्र, गुजरात, दिल्लीजस्ता प्रदेशहरु बढी प्रभावित भएका छन् ।

५. न्यूज एजेन्सी एएनआईका अनुसार कुवेतमा २० दिनको लागि लकडाउन घोषणा गरिएको छ । कोरोना भाइरसको संक्रमण रोक्नको लागि यहाँ देशव्यापी रुपमा लकडाउन गर्न थालिएको छ । आइतबारबाट लकडाउनको अवधि सुरु हुनेछ । शुक्रबार कुवेतमा संक्रमणका ६४१ नयाँ केस भेटिएका थिए । कुवेतमा ४७ जनाको ज्यान गइसकेको छ । कुवेतमा २४ फेब्रुअरीमा पहिलो केस भेटिएको थियो ।

६.क्यानडामा कोरोना भाइरसबाट ४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । जसमध्ये ८२ प्रतिशत मृत्यु केयर होम्समा भएको छ । मर्नेहरु धेरैजसो उमेर गुज्रिएका थिए । उनीहरु लामो समयसम्म केयर होम्समा बस्दै आइरहेका थिए ।

७. विश्वमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिका रहेको छ । त्यसपछि बेलायत र इटाली रहेका छन् ।

८. इभान्का ट्रम्पकी निजी सचिव काेराेना संक्रमित भएकाे सीएनएनले बताएकाे छ ।

९. पाकिस्तानमा काेराेनाबाट २५ हजार ८३७ जना संक्रमित भएका छन् भने १७६४ जनाकाे ज्यान गइसकेकाे छ ।

१०. क्यानडामा अप्रिलमा मात्र २० लाख मानिस बेराेजगार भएका छन् । बेराेजगारी १३ प्रतिशतले बढेकाे छ । सन् १९८२ पछि पहिलाे पटक यति धेरै बेराेजगारी बढेकाे हाे ।

११. जर्मनीकाे घरेलु फुटबल लिग बुन्डेसलिग मार्च १६ बाट बन्द रंगशालामा सुरू हुनेछ ।

१२. रसियामा एकैदिन १० हजार ६९९ नयाँ केस भेटिएका छन् भने ९८ जनाकाे ज्यान गएकाे छ । यससँगै रसियामा काेराेनाबाट संक्रमित हुनेहरूकाे सङ्ख्या १ लाख ८७ हजार ८५९ पुगेकाे छ भने १७२३ ले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्