Logo

विश्वका तीन अर्बभन्दा बढी व्यक्ति खतराको सुचिमा



Spread the love

एजेन्सी । सन् २०७० सम्म तीन अर्बभन्दा बढी व्यक्ति यस्तो स्थानमा बसिरहेका हुनेछन् जहाँ तापक्रम सहन नसकिने हुने एक नयाँ अध्ययनले जनाएको छ। पर्यावरणको यो स्थिती त्यो कम्फर्ट जोन भन्दा बाहिरको स्थिती हुनेछ जहाँ मानिसहरु पछिल्लो ६ हजार वर्षदेखि रहनसहन गर्दै आएका छन् । ठूलो संख्यामा मानिसहरुले औसत तापक्रम २९ डिग्री सेल्सियसभन्दा बढी महसुस गर्नेछन् ।

अनुसन्धानका मुख्य सन्देशबारे टिमले भने, ‘यदि जलवायु परिवर्तनलाई नियन्त्रित गर्न सकियो भने यसले ठूलो फाइदा पुर्याउनेछ । यसमार्फत् पर्यावरणको कम्फर्ट जोनबाट बाहिर जाने व्यक्तिको संख्यामा निकै कमी गर्न सकिनेछ । आज जति तापक्रम छ, त्यसमा एक डिग्री मात्रै पनि वृद्धि भयो भने करिब एक अर्ब मानिस प्रभावित हुनेछन् ।’

प्रतिक्रिया दिनुहोस्