Logo

सरकारी वकिलको कार्यालयद्वारा खनाल र सांसदद्वयविरुद्ध अपहरणको मुद्दा दर्ता



Spread the love

२२ वैशाख, काठमाडौं । सांसदहरु महेश बस्नेत र किसन श्रेष्ठ तथा पूर्व आइजीपी सर्वेन्द्र खनालविरुद्ध सांसद डा सुरेन्द्र यादव अपहरणसम्बन्धी उजुरी दर्ता भएको छ । सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पूर्व आइजीपी खनाल र सांसदद्वयविरुद्ध जाहेरी दर्ता गरेको हो ।

अब सरकारी वकिल कार्यालयले उजुरीमाथि अध्ययन गर्नेछ र आवश्यकता अनुसार थप प्रक्रियाका लागि प्रहरीसमक्ष पठाउने छ । सा‌ंसद यादवले राष्ट्रिय मानवअधिकार आयोगमा समेत उजुरी दिएका छन् । त्यसपछि सरकारी वकिलको कार्यालयले उजुरी दर्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्