Logo

उत्तर कोरियाली नेता किम जोङ जीवत र स्वस्थ रहेकोमा ट्रम्पद्वारा खुसी व्यक्त



Spread the love

एजेन्सी। उत्तर कोरियाली नेता किम जोङ उन ‘जीवत र स्वस्थ’ रहेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खुसि ब्यक्त गरेका छन् । उत्तर कोरियाली राष्ट्रिय मिडियाले जारी गरेको रिबन काटेको किमको तस्विर ट्रम्पले रिट्वीट गरेका हुन् । उनले लेखेका छन्, ‘उनी फर्किएकोमा र स्वस्थ रहेकोमा हर्षित छु’ उनले लेखेका छन् ।

गत अप्रिल १५ मा आफ्नो हजुरबुबाको जन्मजयन्तीमा आयोजित कार्यक्रममा अनुपस्थित भएपछि किमको स्वास्थ्य अवस्थाबारे प्रश्न उठेको थियो । उनी त्यसको चार दिनअघि पार्टीको पोलिटब्युरो बैठकमा अन्तिम पटक सार्वजनिकरुपमा देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्